पाँच वर्षपछि मैले गरेकाे काम हेर्न आउनुहाेला: अध्यक्ष शाही 

हिमा गाउँपालिका वडा नम्बर- ७ काे सेवा अब आफ्नै कार्यालय भवनबाट सुचारु हुने भएकाे छ। 

पालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बुधबार एक समारोहकाे बीचमा वडा कार्यालय उद्घाटन गरेका हुन्।

बाजागाजा र तामझाम सहित नयाँ भवनकाे उद्घाटन गरेपछि गाउँपालिका अध्यक्ष शाहीले आफ्नाे घाेषणापत्रकाे 'कमा' र 'र' पनि नछुटाई काम गरि देखाउने बताए।

'मेराे निर्वाचन घाेषणापत्र पल्टाएर राख्नुस्। पाँच वर्षपछि काम र घाेषणापत्र तुलना गर्न आउनुहाेला,' उनले भने, 'एक अक्षर छुट्याे भने म जीवनभर राजनीति गर्दिन। मेराे जीवनैकाे एकमात्र उदेश्य भनेकाे जनताकाे सेवा गर्नु हाे।'

उनले नागरिकलाई छिटो र छरितो सेवा दिन सकिने गरि तयारी गर्न वडा अध्यक्ष सहित सदस्य र कर्मचारीलाई निर्देशन दिए।

उद्घाटन समारोहमा बाेल्दै अध्यक्ष शाहीले थपे, 'हामीले निर्वाचन ताका जनता हाँस्दा दन्त मिसाउने र रुँदा आँसु मिसाउने कसम खाएका थियौं। अब जनतालाई घरघरमा सेवा दिएर खुसी बनाउनेछाैं।'

संघीयताले गाउँगाउँमा सिंहदरबार ल्याएपनि जनताले चुस्त सेवा पाउन नसकेकाे गुनासो सबैतिरकाट आइरहेको समयमा हिमामा भने सेवालाई प्रभावकारी बनाउँदै लगिएकाे अध्यक्ष शाहीले बताए।

'हामी गाउँपालिकाको समग्र विकासका लागि निरन्तर लागि परेका छाैं,' उनले भने, 'अहिले वडा कार्यालयको भवन उद्घाटन गरिएकाे छ।'

अघिल्लो कार्यकालमा भवन निर्माणकाे काम सकिएकाे भएपनि विवादका कारण भवन सुचारु हुन सकेकाे थिएन। पालिका अध्यक्ष शाहीले विवाद साम्य पारेर वडा कार्यालय संचालनमा ल्याउन सफल भएकाे जग्गाधनी ऐन बहादुर शाहीले बताए। 

'अघिल्लो सरकारले विभिन्न खालका गाँठा पारेर छाेडेकाे रहेछ,' उनले भने, 'अहिले आएर नयाँ अध्यक्षले गाँठा फुकाउँदै हुनुहुन्छ। विजयी भएकाे दुई महिजामा उहाँले धेरै काम गरि देखाउनु भएकाे छ। जनताकाे सेवा भनेकाे यही हाे।'

वडा कार्यालयको आफ्नै भवन नहुँदा छिटाे सेवा पाउन नसकिएकाे स्थानीयबासीकाे गुनासो छ। हिमा गाउँपालिकाले छ नम्बर वडा बाहेक खरु सबै वडामा आफ्नै भवनबाट सेवा दिन थालेकाे उपाध्यक्ष सुर्पना शाहीले बताइन्।  

'हामी जनताका सेवक हाैं,' उनले भनिन्, 'जनताले जतिसक्दो चाँडाे सेवा पाउने गरि हामी लागिरहेका छाैं।'

हिमा सरकार वडाबासीको लागि जति बेला पनि कामगर्न तयार रहेको सात नम्बर वडाका अध्यक्ष विक्रम शाहीले बताए। 

'अब सेवा लिन लागि कसैले पनि पर्खिनु पर्ने छैन,' उनले भने, 'चुस्त सेवाका लागि हामी तयार छाैं।'

प्रकाशित मिति: : 2022-07-13 21:55:00

प्रतिकृया दिनुहोस्