समयमा नतिजा नै ननिकाल्ने यो कस्तो विश्वविद्यालय ?

रातोपाटी

अग्रिम अधिकारी

विश्वविद्यालय भनेको कुनै पनि मुलुकको निम्ति अत्यन्तै सम्माननीय संस्था हो । विश्वविद्यालयको इतिहास निकै सम्मानजनक र महत्त्वपूर्ण हुने गरेको छ । संसारका थुप्रै विश्वविद्यालयहरू विश्वमा आफ्नो अब्बल प्रस्तुति र अनुशासनका कारण संसारभर लोकप्रिय बनेका छन् । 

अमेरिकाको हार्वर्ड विश्वविद्यालय, युकेको अक्सफोर्ड, क्याम्ब्रिज लगायतका विश्वविद्यालयको गुणस्तरको विश्वभरि नै चर्चा परिचर्चा हुने गरेको छ । यी त केवल केही उदाहरण मात्र भए । विश्वमा हुने कुनै पनि अनुसन्धान र खोजमूलक कार्यको निम्ति पनि विश्वविद्यालय अग्रस्थानमा रहेर काम गर्ने संस्था हो ।  विश्वविद्यालयका आफ्नै नीति नियम हुन्छन् ।

र, यो आफैँमा एउटा सिङ्गो राज्य सरह भएर चल्ने गर्छ । विद्यार्थीहरू प्रतिष्ठित विश्वविद्यालयहरूमा पढ्न पाउनु नै जीवनको गोरेटोमा एउटा फुल सजिएको अनुभव गर्छन् । यद्यपि, नेपालको परिप्रेक्ष्यमा विश्वविद्यालयले पहिचान कमाउन सकेका छैनन् । 

प्रकाशित मिति: : 2022-07-15 14:27:00

प्रतिकृया दिनुहोस्