बिग बोस सिजन ४ मा आफ्नो सुन्दरता रोमान्टिक अन्दाजले दर्शकको मन जितेकी वीना मलिक सायदै सबैले भुलेका होलान्।अश्मित पटेलसँग बीबी हाउसमा उनको रोमान्सले शोको टीआरपी बढेको जगजाहेर नै छ।
आफ्नो सुन्दरता र बेवाक शैलीका कारण लोकप्रिय बनेकी पाकिस्तानी अभिनेत्री मलिक अहिले कहाँ, के गर्दैछिन् भन्नेमा आमचासो छ।
वीनाले कैयौं पाकिस्तानी र बलिउड फिल्ममा काम गरेकी छन्।उनले पाकिस्तानी फिल्म ‘तेरे मेरे प्यार मे’बाट अभिनयमा पाइला चालेकी थिइन्त्य।सपछि उनी ‘ये दिल आपका हुआ’, ‘कोई तुझ सा कहाँ’, ‘क्यो तुमसे इतना प्यार है’ जस्ता फिल्ममा देखिइन्।
बलिउडमा उनले सन् २०१२ मा ‘दाल मे कुछ काला है’मा अभिनय गरिन्।त्यसपछि उनी ‘सुपरमोडल’, ‘जिन्दगी ५०(५०’, ‘मुम्बई १२५केएम थ्रीडी’ जस्ता फिल्ममा देखिइन्।भारतमा वीनालाई बिग बोसले चर्चामा ल्याय।उनले सन् २०१४ मा अन्तिम तेलुगू फिल्म ‘नंग्ना सित्यम’ मा अभिनय गरिन्।अहिले उनले शोबिज उद्योगबाट दूरी बनाएकी छन्।
वीना अहिले पाकिस्तानमै छिन्।उनलाई त्यहाँ दर्शकले ‘कन्ट्रोभर्सी क्वीन’ नामले चिन्छन्।उनले सन् २०१३ मा व्यापारी असद बशीर खानसँग विवाह गरेकी थिइन्।तर सन् २०१८ मा उनीहरूको डिभोर्स भयो।दुई सन्तान सन्तानसँगै उनी हाल पाकिस्तानमा छिन्।