प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ

प्रदेश १ को नाम किरात राख्न दबाब दिदैँ किरात राई यायोक्खा केन्द्रीय समितिले मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन्।

प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै उनीहरुले घेराउ गरेका हुन्।

मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएपछि प्रदेशसभा कार्यालयको घेराउ गर्ने बताइएको छ।

कोणसभामा सम्बोधन गर्दै किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईले किरात जातीय नभएर इतिहास, भूगोल, सभ्यता, भाषा र संस्कृतिको आधारमा भएको बताए।

उनीहरु पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै आइरहेका छन्।

प्रकाशित मिति: : 2022-07-18 15:36:00

प्रतिकृया दिनुहोस्