गीतकार सागरबाबुको गीति सङ्ग्रह ‘तृष्णा’ सार्वजनिक भएको छ। युवा गायक तथा सङ्गीतकार विपिन घिमिरेको एकल सङ्गीत रहेको यस गीति सङ्ग्रहमा सुप्रसिद्ध गायक गायिकाको स्वर रहेको छ।
‘तृष्णा’ गीति सङ्ग्रहमा रहेको ‘झम झम झरी लाग्यो’, बोलको म्युजिक भिडियो युट्युबमा रिलिज भएको छ। यो गीतमा युवा गायक तथा सङ्गीतकार विपिन घिमिरे र ममता गुरूङको स्वर रहेको छ।
लोक शैलीको ओजपूर्ण शब्द र भाव भएको यो गीत सुन्दा जति आनन्द लाग्छ हेर्दा अझै रमाइलो छ। गीतमा बर्खाको समय र चाडपर्वलाई (तीज)लाई मध्यनजर गरी गीत बनाईएको गायक विपिनले बताए।
‘झम झम झरी लाग्यो’ गीतमा सञ्जय श्रीपालको एरेन्ज, रामजी लामिछानेको निर्देशन तथा सुधीर श्रेष्ठ र अल्का सुवेदीको जीवन्त अभिनय रहेको छ।