जनकविकेशरी धर्मराज थापाको ९८औँ जन्मजयन्तीको अवसरमा अमेरिकामा साहित्यिक कार्यक्रम सम्पन्न गरिएकाे छ।
धर्मराज-साबित्री थापा प्रतिष्ठानले अमेरिकाको कन्सासमा केही दिनअगाडि विशेष साहित्यक कार्यक्रम गरेकाे हाे। उक्त कार्यक्रममा विभिन्न कवि तथा कवियत्रीहरुले कविता वाचन गरेका थिए।
त्यसै अवसरमा जनकविकेशरी थापाको कालजयी गीत ‘हो हो मा ले हो हो’ र ‘साइली रिमै चौरी गाई, झर्यो रिमै मधु बनैमा’भन्ने बोलको गीत स्थानीय कलाकारहरुबाट प्रस्तुत गरिएको थियो। प्रतिष्ठानका अध्य्क्ष मदनराज थापाले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिएका थिए।