दुई दशकदेखि कलाकारहरूलाई खाना-खाजा खुवाइरहेका कुमार दाइ

सेतोपाटी

मनिका विश्वकर्मा

जिरा फुराएको रायोको साग, चार वटा रोटी अनि कचौरामा दही। गायक पुष्पन प्रधानले रोटी टुक्रा पारेर खाँदै सोधे, 'कुमार दाइ, सागमा प्याज त हालेको छैन नि है?'

भान्साबाट उत्तर आयो, 'छैन सर, ढुक्कले खानुस्।'

त्यस दिन काठमाडौंको उत्तरी क्षेत्रको टोखामा मधुरो घाम लागेको थियो। 'भ्वाइस क्लब' को अडिसनका लागि कुमारले अस्थायी भान्साघर बनाएका थिए। त्यहीँ रोटी खाँदै थिए पुष्पन। रोटीको खाजा तयार गर्ने भान्से थिए कुमार शाह।

पुष्पन र उनीजस्ता धेरै कलाकारलाई झन्डै दुई दशकदेखि खाना र खाजा बनाएर खुवाउँदै छन् कुमार।

कुमार करिब २५ वर्षअघि साथी नन्दु मगरको साथ लागेर पहिलोपटक फिल्म 'मिस्टर रामकृष्णे' को छायांकनमा पुगेका थिए। सिनेमा हलमा मात्र देखेका कलाकार नाचेको र बोलेको आफ्नै सामुन्नेमा देख्छु भन्ने त कुमारले कल्पना पनि गरेका थिएनन्। 

त्यसै दिन फिल्म निर्देशक एवं निर्माता अशोक शर्माले कुमारलाई अचानक सोधे, 'फिल्ममा सहयोगी भएर काम गर्छौ?'

'सुटिङमा जम्मा भएका कलाकार र प्राविधिकहरूले अह्राएका काम गर्ने, पानी र खाजा बाँड्ने, भाँडा माझ्ने इत्यादि काम थियो,' कुमारले सुनाए। 

काभ्रे जिल्लाको मंगलटारमा २०३२ सालमा जन्मेका हुन् कुमार। उनी ६ वर्षका हुँदा छोराछोरी लिएर बाबुआमा मकवानपुर बसाइँ सरे। आमाबुबाले खेतबारीमा काम गरेर कुमारलाई ६ कक्षासम्म पढाए। यसपछि पढ्ने अवसर मिलेन। घरमै काम सघाए। 

प्रकाशित मिति: : 2022-07-21 14:01:00

प्रतिकृया दिनुहोस्