सांसद सावाँकाे गुहार- हामी घेराबन्दीमा पर्‍याैँ, खतराबाट बचाउनुस् (भिडियाे)

‘गुहार…गुहार...गुहार…भन्न चाहन्छु। हामी प्रदेश १ का माननीयहरुलाई बलिको बोका बनाउन खोजियो।’ यो कुरा आइतबारको प्रदेशसभामा बोल्दै सांसद सर्वध्वँज सावाँले बताएका हुन्।

सावाँले आफूहरु घेराबन्दीमा परेको बताएका छन्। प्रदेशको दशौँ बजेट अधिवेशनको शून्य समयमा बोल्दै सांसद साँवाले प्रदेशका सांसदहरुलाई बलिको बोका बनाउन खोजेको आरोप लगाएका छन्।

‘कहिले मुख्यमन्त्री घेरामा पर्नुहुन्छ। कहिले हामी सांसदहरु घरघरमा घेराबन्दीमा पर्छौँ। बाटो बाटोमा, चोकचोकमा घेराबन्दीमा पर्छौँ’, उनले व्यांग्यात्मक शैलीमा थपे, ‘अहिले सदनमा आउँदा पनि घेराबन्दी तोड्दै आउँदै छौँ। छड्के छड्के परेर हामी यहाँ आइपुग्यौँ।’

प्रदेशको नामाकरणलाई लिएर सडकमा आन्दोलन भइरहेकाले त्यसको खतरामा सांसदहरु रहेको भन्दै उनले सभामुखसँग खतराबाट बचाउन अनुरोध गरे।

उनले भन्दै गए, ‘प्रदेशको नाम कोहीले भन्नुहुन्छ कोशी राख्नुस्…नत्र आउँदो चुनावमा पहिचावादी, आदीवासी जनजातिलाई सुन्य बनाइदिन्छौँ, भन्दै आउँछ धम्की।’

उनी त्यतिमा मात्र रोकिएनन्। उनले थपे, ‘अर्को आउँछ किरात-लिम्बुवान राखेनौँ भने आउँदो चुनावमा कोशीमा बगाइदिन्छौँ भन्ने कुराहरुबाट हामी घेराबन्दीमा परिरहेका छौँ।’

प्रकाशित मिति: : 2022-07-24 15:00:00

प्रतिकृया दिनुहोस्