इशान बशन्तको ‘तिम्रो मायाँ नै’ सार्वजनिक

संगीत सर्जक इशान बशन्तको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। 

छोटो समयमै नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल इशानले ‘तिम्रो मायाँ नै’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन्।

५ मिनेटको म्युजिक भिडियो आइतबार ओएसआर डिजिटलको यू–टुव च्यानलबाट सार्वजनिक गरिएको हो। 

बिनयराज पौडेलको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा स्वयं इशान बशन्त र मोडल कस्मिता भण्डारीको अभिनय हेर्न सकिन्छ। 

दिपेन बस्नेतको छायांकनमा तयार पारिएको म्युजिक भिडियोका प्रोड्युसर पञ्चमान महर्जन र को–प्रोड्युसर बिनिता तामाङ हुन्। श्यामकृष्ण महर्जन (शुसान्त घायल)को शव्दमा स्वयं इशानको स्वर र संगीत रहेको छ।

ए लेभेल स्टुडियो पुतली सडकमा रेकर्ड गरिएको गीतको म्यूजिक एरेञ्जर सञ्जय हमाल, मिक्स/मास्टर गोबिन्द सोनी र रेकर्डिस्ट सुवास कुथुमे राई हुन्।

संगीतका क्षेत्रमा समर्पित इशानका यसअघि दर्जनौं गीत बजारमा आइसकेको छ। ‘आफु त हजुर, फेरी पनि, तिम्रो आँखामा, गीत हुँ, बुद्धम शरणम गच्छामी लगायतका बोलको गीत उनका रुचाइएका गीत हुन्। 

हाल स्वयम्भुमा बसोबास गरिरहेका गायक इसान एक दशकदेखि औपचारिकरुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छन्। 

प्रकाशित मिति: : 2022-07-24 21:14:00

प्रतिकृया दिनुहोस्