जब एउटा बच्चासँगै आमा हाँस्छिन्...

सेतोपाटी

भवानी अधिकारी

 

'जब एउटा बच्चोसँगै आमा हाँस्छिन्, त्यसमै हामीलाई सन्तुष्ट मिल्छ। त्यसअघि भोगेका दौडधुप, थकान, गालीगलौज सबै बिर्सन्छौं। यसैगरी कयौं आमा, शिशु र परिवारको हाँसो भरेका छौं।'

महिला स्वास्थ्य स्वयमसेविकाबाट बिदाइ हुने क्रममा मनभरिका पीडा र व्यथा ओकल्दै ६० बर्षिया चनमाया गुरुङले भनिन्, 'हाम्रो सेवाको मूल्यांकन त कहिल्यै भएन, अबका बहिनीहरूले त्यस्तो अवस्था भोग्न नपरोस्।'

स्याङ्जा बजार सदरमुकामस्थित एक सभाकक्षमा उनीजस्तै झण्डै ५०/६० जना स्वयमसेवी उपस्थिति थिए। स्वास्थ्य कार्यालयले दीर्घकालीन सेवा गरेबापत सम्मानसहित बिदाइको औपचारिक कार्यक्रम आयोजना गरेको थियो।

 

 

प्रकाशित मिति: : 2022-07-25 11:54:00

प्रतिकृया दिनुहोस्