प्रधानन्यायाधीशलाई नसोधी रजिष्ट्रारले अख्तियारलाई पठाए ‘छानबिन गर्नै नमिल्ने’ पत्र

रातोपाटी

काठमाडाैँ

 

सर्वोच्च अदालतको निर्माणाधीन भवनमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी यतिबेला करिब–करिब तामेलीमा राखिएको छ ।

प्रधानन्यायाधीश आफैँले अग्रसरता देखाएर आफैँले हस्ताक्षर गरेर ठेक्का दिइएको भवनमा चरम भ्रष्टाचार र अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

सोही उजुरी तामेलीमा राख्न सर्वोच्च अदालत प्रशासनले पत्र लेखेपछि सर्वोच्च अदालतको भवन निर्माणमा भ्रष्टाचार भएको वा नभएको भन्ने सम्बन्धमा छानबिन नै नहुने अवस्था आएको छ । 

गत वैशाख १९ गते सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग सल्लाह नै नगरी सर्वोच्चको भवन निर्माणका लागि भएको ठेक्काका सम्बन्धमा अख्तियारले छानबिन नै गर्न नमिल्ने भन्दै पत्र पठाएको पाइएको छ ।

भवन निर्माणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालत प्रशासनमा पठाएको पत्रको जवाफ दिँदै रजिष्ट्रार नारायणप्रसाद पन्थीले उक्त भवन ठेक्काका सम्बन्धमा अख्तियारले छानबिन गर्न नमिल्ने भन्दै पत्र पठाएका थिए ।

प्रकाशित मिति: : 2022-07-25 18:40:00

प्रतिकृया दिनुहोस्