लैला बेगम- नागरिकताविहीन, सीमा जोगाउन उभिएकी जिउँदो जंगेपिलर

सेतोपाटी

प्रकृति भट्टराई बस्नेत

लैला बेगमलाई मैले पहिलो पटक उनकै घर सुस्तामा भेटेँ। पहिलो भेटमै मलाई सोध्न मन लागिहाल्यो- तपाईंको नाम लैला कसले राखिदियो?

उनले मुसुक्क मुस्कुराउँदै भनिन्, 'लैला मैले आफैंले राखेको नाम हो। यो जमिन मेरो मज्नु अनि म यसकी लैला।'

लैलाको गुलाबी रङको घर नारायणी किनारको बगर नजिकै छ। काठको डुंगा चढेर लैलाको घर सुस्ता पुग्दा लाग्छ कि यो युटोपिया हो- एउटा काल्पनिक संसार जहाँ सबै ठीक छ।

प्रकाशित मिति: : 2022-07-30 13:33:00

प्रतिकृया दिनुहोस्