मिडिया ट्रायलको भद्दा नमूना !

लोकान्तर

काठमाडौं

२०औं शताब्दीको अन्त्य र २१औं शताब्दीको शुरूआतमा एउटा नयाँ शब्द प्रचलनमा आयो – ‘मिडिया ट्रायल’ । कुनै पनि व्यक्तिको प्रतिष्ठालाई मिडिया कभरेज प्रभावकारिताको आउटपुटलाई प्रभाव मूल्यांकन गर्ने र व्यक्तिको प्रतिष्ठा उचाइमा पुर्‍याउने वा माटोमा मिलाइदिने योजनाबद्ध खाका तय गरी मिडिया कभरेजद्वारा परीक्षण गर्ने ।
 
राजनीतिमा त्यसले आमनिर्वाचनमा जनमतको छिनोफानो पूर्व नै हिरो बनाएर कुनै व्यक्तिलाई सत्तामा पुर्‍याइदिन पृष्ठभूमि तय गर्ने र कुनै स्थापित पात्र वा प्रवृत्तिलाई राक्षसीकरण गरी पत्तासाप बनाउने भन्ने तय हुन्छ ।

न्यायिक मामिलामा त्यसले कुनै अभियुक्तका सन्दर्भमा अदालतको फैसलापूर्व नै अपराध वा निर्दोषको धारणा व्यापक बनाउने गरी मिडिया कभरेज गर्ने र अदालतको फैसला प्रभावित तुल्याउने भूमिका खेल्छ । 

प्रकाशित मिति: : 2022-08-01 17:41:00

प्रतिकृया दिनुहोस्