विराटनगर विमानस्थलबाट २० ताेला सुनसहित एक जना पक्राउ

File Photo
File Photo

प्रहरीले विराटनगर विमानस्थलबाट २० ताेला सुनसहित एक जनालाई पक्राउ गरेको छ।

विमानस्थलबाट २० ताेला सुनका गहनासहित सुनसरीको इटहरीका करिब ५० वर्षीय कुलबहादुर सुनुवारलाई मंगलबार बिहान ९ बजेतिर पक्राउ गरेको हो।

सुनुवार यती एयरलाइन्सको जहाजबाट काठमाडौं जान लागेका थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सुन वैधानिक हो वा हैन भन्ने बारेमा यकिन हुन बाँकी छ।

शंका लागेपछि प्रहरीले उनलाई चेक गरेको थियो। शंकास्पद तरिकाबाट सुन लैजान लागेको आशंकामा नियन्त्रणमा लिइएका सुनुवारमाथि अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

– २० ताेला सुन हुनुपर्नेमा यसअघि भुलवस अन्यथा भएकाेमा सच्चाइएकाे छ– सम्पादक

प्रकाशित मिति: : 2022-08-02 15:29:00

प्रतिकृया दिनुहोस्