सप्तकोसीको बाढीले विस्थापित भएकाहरुको उद्धार कार्य तीव्र (तस्बिरहरू)

सप्तकोसीको बाढीले विस्थापित भएकाहरुको उद्धार कार्यलाई तीव्र पारिएको छ।

कोसीको बाढी उदयपुरको बेलका नगरपालिकाको विभिन्न वडाहरूको बस्तीमा पस्दा करिब २० हजार मानिस विस्थापित हुने जोखिममा रहेका छन्।

श्रीलंका टापुमा फसेकाहरूको उद्धारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका छन्।

विस्थापितहरूको उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका छुट्टाछुट्टै ३ वटा टोलीले फरक-फरक ठाउँबाट उद्धार गरिरहेको छ।

प्रकाशित मिति: : 2022-08-03 16:17:00

प्रतिकृया दिनुहोस्