वैधानिक पूर्णता दिन माग गर्दै नेविसंघद्वारा सानेपामा प्रदर्शन

मदन नेपाली

काठमाडौं

सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेको छ।

नेविसंघले वैधानिक पूर्णता नपाएको भन्दै संस्थापन इतर पक्षधरका विद्यार्थी नेताहरुले कार्यसमिति बिस्तार गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

साउन मसान्तभित्र रिक्त रहेका भातृसंस्था गठन गर्ने र पूर्णता दिनुपर्ने भातृ तथा शुभेच्छुक संस्थाहरुले पूर्णता नपाएपछि दबावमुलक प्रदर्शनमा उत्रनुपरेको विद्यार्थी नेता भुवन भट्टले बताए।

अर्का विद्यार्थी नेता दिनेश शाहीले भातृ तथा शुभेच्छुक संस्था गठन र पूर्णता दिँदा शेखर कोइराला पक्षसँग सल्लाह गरेर मात्र प्रकृया अघि बढाउनेगरी दबाबस्वरुप प्रदर्शन गरिएको जानकारी दिए।

'पार्टी केन्द्रीय समितिको निर्णय नै कार्यान्वयन नहुने आशंका उब्जिएको छ। 'तत्काल नेपाल विधार्थी संघलाई विधानअनुरुप पूर्णता दिनुपर्छ। त्यसैका लागि हामीले दबाब दिएका हौँ', नेता शाहीले बताए।

साउन मसान्तभित्र समिति दिने निर्णय हुँदा पनि अब हप्ता दिनमात्र बाँकी रहेको अवस्थामा पार्टीभित्र भातृसंघ गठन र पूर्णताको विषमया छलफल नभएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

संस्थापम इतर पक्षसँग छलफल गरी सवै क्रियाशिल नेताहरूको न्यायपूर्ण प्रतिनिधित्व हुनेगरी भातृ संगठनहरुको गठन र पूर्णता नभएसम्म प्रदर्शन जारी राखीराख्ने विद्यार्थी नेता विनोद शाही ठकुरीले जानकारी दिए।

प्रकाशित मिति: : 2022-08-08 14:56:00

प्रतिकृया दिनुहोस्