रितु थापाको ‘तिम्रो त्यो रुपैले’ तीज गीत सार्वजनिक

File photo
File photo

रितु थापाको ‘तिम्रो त्यो रुपैले’ बोल तीज गीत सार्वजनिक भएको छ। सो गीत साेमबार मेक्सम-नरेश युट्युबबाट रिलिज भएको छ। 

शब्द र संगितमा भने नरेश खातीको सृजना रहेको छ। त्यसैगरि गीतमा स्वर रितु थापा आफैले दिएकी छन्। अभिनयमा लोमस शर्मा र लोसिना लामिछानेको रोमान्सलाई देख्न सकिन्छ।

`हामीले तीजको लागि दुखी बनाउने गीतभन्दा पनि दर्शकहरुलाई नाच्ने र रमाईलो होस् भन्ने खालको गीत बानाएको छौं। मेरो आवाज रहेका गीतहरुलाई हिजोको दिनमा जसरी माया गर्नु भएको थियो। यो गीतलाई पनि माया गरिदिनु हुन्छ भन्ने आश छ,´ थापाले बताइन्।

प्रकाशित मिति: : 2022-08-09 17:41:00

प्रतिकृया दिनुहोस्