सीमानामा काँडेतार लगाए पनि नेपाली ढुक्कसंग बस्ने स्थिति छैन : भीम रावल

नेकपा (एमाले) का नेता डा. भीम रावलले काँडेतार चलचित्र आम जनताको चेतनामुलक साहित्य भएकाे बताएका छन्।

बुधबार रिपोटर्स क्लबमा आयोजित ‘काँडेतार चलचित्र’ काे विचार विमर्श कार्यक्रममा बाेल्दै नेता रावलले याे चलचित्र भौतिक, राजनैतिक, कुटनीतक काँडेतार भएकाे बताएका हुन्।

'काँडेतार भौतिक, राजनैतिक, कुटनीतक काँडेतार हो। यो काँडेतार चलचित्र एउटा आम जनताको चेतनामुलक साहित्य हो', उनी भन्छन्, 'देशको उच्च तहमा रहेका सुरक्षाकर्मीले पनि देशकाे सिमानामा ठुलो समस्या देखिरहेको छन्। हाम्रो छिमेकी मुलुक भारतले समेत सीमामा काँडेतार लगाएको छ, तर हाम्रो नेपालमा बसिरहेका नेपाली ढुक्कसंग बस्ने स्थिति नरहेको मैले अनुमान गरेको छु।'

काँडेतारकै प्रसंग जाेड्दै नेता रावलले देशकाे सीमामा विभिन्न गैरकानुनी कार्यहरू हुने भएकाले सिमानामा काँडेतार लगाउनु पर्ने बताए।

'सिमाना सुरक्षाका कानुनहरू छन्। चेलिबेटी बेचबिखन, लागुऔषधलगायत सबै खुल्ला रूपमा नेपाल-भारत ओसारपसार गर्न सहज भएको देख्न सकिन्छ। हाम्रो देशमा यो नियम कडा गरिनु पर्दैन?' उनले भने,  'भारतसंग सुमधुर सम्बन्ध बनाउने अन्तर्राष्ट्रिय कानुन लागु गर्नेलगायतको कुरा मुख्य आवश्यक हो। सिमानमा काँडेतार लगाउनुपर्छ।'

देशका संयुक्त राजनैतिक दल, एमालेलगायतले जनताकाे यस्ता समस्याकाे बारेमा बोल्नु पर्ने समय आएको उनले बताए। भारतले निकै हस्तक्षेप गरेको भन्दै नेता रावलले देशका कोही मान्छेहरूकाे रोटीरोजीको सम्बन्ध रहेको दाबी गरे।

उनले भने, 'अन्य देशहरूकाे तुलनामा हाम्रो देशको सम्बन्ध राम्रो छ, भारतसंग पनि रहोस्। हाम्रो सीमा क्षेत्र भारत-चीनमा काँडेतार लगाउने, सिमाना जोगाउने र अन्य देशसंग सम्बन्ध सुमधुर बनाउन आवश्यक छ।'

प्रकाशित मिति: : 2022-08-10 15:57:00

प्रतिकृया दिनुहोस्