सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक बसिरहेको छ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो। 

बैठकमा मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको बताइएको छ। 

समितिलाई साउन मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ।

गठबन्धनका शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ छन्।

यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन्।

कार्यदलको पहिलो बैठकले संयोजकमा कांग्रेस नेता सिटौलालाई चयन गरेको थियो।

प्रकाशित मिति: : 2022-08-11 19:29:00

प्रतिकृया दिनुहोस्