विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीकाे अवस्था गम्भीर

[Joshua Goodman/AP Photo]

विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीकाे अवस्था गम्भीर रहेको जनाइएको छ। भेन्टिलेटरमा राखेर उपचार गरिरहेका उनी बोल्न सक्ने अवस्थामा नरहेको उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

अमेरिकी पूर्वी समयअनुसार शुक्रबार विहान ११ बजे  अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा मञ्चमा बसिरहेको बेला एक व्यक्तिले उनीमाथि घाँटीमा छुरा प्रहार  गरी हत्या–प्रयास गरेको थियो। 

आक्रमणपछि भुइँमा ढलेका रूस्दीलाई कार्यक्रममा उपस्थित अन्य मानिसले उठाएका थिए। त्यसलगत्तै उनको हेलिकोप्टरबाट उद्धार गरिएको थियो।र, स्थानीय अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो । 

पछिल्लो समाचारअनुसार आक्रमणकारीलाई हिरासतमा लिइएको छ। आक्रमणकारीको पहिचान २४ वर्षीय हादी मातारका रूपमा भएको छ। उनी न्यूजर्सी राज्यका बासिन्दा भएको बताइएको छ। 

घटनाको अनुसन्धानका क्रममा आक्रमणकारीसँग सोधपुछ भैरहेको प्रहरीले जनाएको छ।

सल्मान रूस्दी भारतमा जन्मिएका अंग्रेजी भाषाका विश्वप्रसिद्ध उपन्यासकार हुन्। 

सन् १९८८ मा प्रकाशित 'द सटानिक भर्सेस'का कारण नौ वर्षसम्म भूमिगत बस्न बाध्य रूस्दीको हत्या गर्न इस्लामिक कट्टरपन्थीहरूले फतवा जारी गरेका थिए। तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै ३० लाख अमेरिकी डलर टाउकाको मूल्य तोकेका थिए।

सन् १९८१ मा प्रकाशित 'मिडनाइट चिल्ड्रेन'बाट विश्वप्रसिद्ध भएका थिए। सो किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो। ७५ वर्षीय रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन्।

प्रकाशित मिति: : 2022-08-13 02:03:00

प्रतिकृया दिनुहोस्