ढुङ्गेलकाे तीज गीत सार्वजनिक

सुवासचन्द्र ढुङ्गेलकाे तीज गीत सार्वजनिक भएकाे छ। चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले भक्तपुरमा आयाेजित कार्यक्रममा गीत सार्वजनिक गरेका हुन्। गीतका रचनाकार ढुङ्गेलको यु ट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

बुनु श्रेष्ठ र रितु कणेँलको स्वर रहेको गीतमा विनोदराज ढुङ्गेलको संगीत छ। गम्भीर विष्टको निर्देशन रहेको म्युजिक भिडिओ अन्यभन्दा फरक रहेको कार्यक्रमका वक्ता एवं भक्तपुर सांगीत समाजका अध्यक्ष प्रवीन शाहीले बताए। 

प्रकाशित मिति: : 2022-08-14 15:56:00

प्रतिकृया दिनुहोस्