बालुवाटारमा देउवा र कोइरालाबीच भेटवार्ता

file photo
file photo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। 

देउवालाई भेट्न कोइराला आइतबार बालुवाटार गएका हुन्।  

देउवा र शेखरबीच कुन विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन। शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले उनलाई छलफलका लागि बोलाएका हुन्।

शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरूको बैठक बोलाइएको थियो। 

प्रकाशित मिति: : 2022-08-14 19:36:00

प्रतिकृया दिनुहोस्