बागमती प्रदेशमा काँग्रेसको होला त ‘कम ब्याक’ ?

रातोपाटी

गणेश दुलाल

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरिसकेको छ । निर्वाचनको मिति तय भएसँगै बागमती प्रदेशमा चुनावी सरगर्मी बढेको छ।

निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु आन्तरिक तयारीमा जुट्नुको साथै अंकगणितीय लेखाजोखामा केन्द्रित देखिन्छन् ।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धन बनाएका थिए । वाम गठबन्धनका कारण बागमती प्रदेशका अधिकांश क्षेत्रमा एमाले र माओवादी केन्द्र विजयी हुँदा काँग्रेस भने खुम्चिएको थियो ।

वाम गठबन्धन कै कारण बागमती प्रदेशसभामा एमालेले एकल बहुमत प्राप्त गरेको थियो ।

प्रकाशित मिति: : 2022-08-15 12:12:00

प्रतिकृया दिनुहोस्