ज्याकलिनविरुद्ध आराेपपत्र दर्ता हुँदै

File photo
File photo

सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन्।उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले आरोपी बनाएको हो।यो मामला २ सय १५ करोड रुपैयाँसँग जोडिएको छ।

इडीले सुकेशसँग ज्याकलिनको सम्बन्धलाई लिएर कैयौं पटक अभिनेत्रीसँग सोधपुछ पनि गरिसकेको छ।हालै ईडीले उनको १२ लाखको एफडी पनि जोडेको थियो।

ज्याकलिनले यो मामलामा साक्षीको रुपमा पहिले नै आफ्नो बयान दिइसकेकी छन्।गत वर्षको डिसेम्बरमा यो मामलामा आरोपपत्र अतिरिक्त सेशन न्यायाधीश प्रवीण सिंहको अदालतमा दर्ता गरिएको थियो।

यसै वर्षको फेब्रुअरीमा इडीले पिंकी इरानीविरुद्ध सप्लीमेन्ट्री आरोपपत्र दायर गरेको थियो।पिंकीले नै ज्याकलिन र सुकेशको भेट गराएकी थिइन्।

प्रकाशित मिति: : 2022-08-17 14:33:00

प्रतिकृया दिनुहोस्