फोहोर नउठ्नुमा कसको दोष?

हिमाल खबर

विश्वनाथ खरेल

नयाँ नेतृत्व चयन भएपछि विगतका बेथिति हटेर काठमाडौं महानगर नयाँ शिराबाट अगाडि बढ्छ भन्ने महानगरवासीको आशा थियो।

तर, नयाँ नेतृत्वको कार्यकाल तीन महीना भइसक्दा पनि महानगरको मुख्य समस्याका रूपमा रहँदै आएको फोहोर व्यवस्थापनमा कुनै नयाँपन देखिएको छैन। जुन जोगी आए पनि कान चिरेको भन्ने भनाइलाई चरितार्थ गर्ने सङ्केत देखिएको छ।

हुन त महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरेको थियो। यसरी नछुट्याए प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना गर्ने चेतावनी पनि दिएको थियो। तर, निर्देशन दिएपछि फोहोर उठेको छैन भन्दा पनि हुन्छ।

नुवाकोटको बन्चरेडाँडास्थित ल्यान्डफिल साइट निर्माणमा ढिलाइ र वर्षाका कारण सिसडोल ल्यान्डफिल साइट जाने सडक बिग्रिएकाले फोहोर उठाउन समस्या भएको महानगरले बताउँदै आएको छ। 
 

प्रकाशित मिति: : 2022-08-17 15:52:00

प्रतिकृया दिनुहोस्