घट्यो सुनचाँदीको मूल्य

File photo
File photo

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ। महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय रुपैयाँ कायम गरेकाे छ।

तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँ तोकिएको छ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-18 12:35:00

प्रतिकृया दिनुहोस्