नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १४ सय रुपैयाँले घटेको हो।
बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ।
चाँदी तोलामा ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।