पेशीका लागि तोकिएको पल शाहविरुद्धको मुद्धा स्थगित

File Photo
File Photo

जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल शाहको बुधबारका लागि तोकिएको पेशी स्थगित गरिएको छ।

शाहविरूद्दकाे मुद्दा नवलपुर जिल्ला अदालतमा बुधबारका लागि सूचीको चौथो नम्बरमा तोकिएको पेशी स्थगित भएको हो।

न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासमा शाहको मुद्दा पेशीका लागि तोकिएको थियो। शाहविरुद्ध नाबालिग गायिकाले जबर्जस्तीकरणी गरेको आरोप लगाएपछि शाह जेलमा रहेका छन्।

प्रकाशित मिति: : 2022-08-24 15:54:00

प्रतिकृया दिनुहोस्