ब्रोडकाष्टिङ एशोशियसन नेपाल (बान)को लुम्विनी प्रदेश सचिवमा अर्घाखाँचीका सञ्चार उद्यमी हरिप्रसाद भुसाल निर्वाचित भएका छन् ।
काठमाडाैँमा सम्पन्न बानको १८ औं साधारणसभा तथा सातौ अधिवेशनबाट उनी सर्वसम्मत रुपमा निर्वाचित भएकम हुन् ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा करिब १० वर्षदेखि रेडियो सन्चालन गरिरहेका भुसाल नयाँ एफ.एम. ८७ दशमलव ६ मेगाहर्जका स्टेशन म्यानेजर तथा संचालक हुन् । उनी न्युज कारखानाका स्थानीय संवाददाता समेत हुन् ।
लामो पत्रकारिताको अनुभव रहेका भुसालले प्रदेशमा रहेका रेडियोहरुको संस्थागत विकासका लागि आफू प्रतिवद्ध रहेको बताए । विभिन्न सामाजिक गतिविधिमा सक्रिय भुसाल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको संस्थापक अध्यक्षसमेत हुन् ।