बालेनको शुक्रबारे नजर राहदानी विभागमा, खाली गराए पार्किङस्थल

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ।

महानरपालिकाले केही दिनअघि चलाएकाे अनधिकृत संरचनामा डोजर अभियानका क्रममा शुक्रबार राहदानी विभागको अनुगमनमा पुगेका टाेलीले अण्डरग्राउण्ड पार्किङ खाली गराएको हाे। 

महानगरको एक टोली शुक्रबार त्रिपुरेश्वरस्थित कार्यालय पुगेर पार्किङ क्षेत्रमा राखिएका सामग्री अन्यत्र सारिदिएका छन्।

पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्न दिने ठाउँ बनाएको थियो।

प्रकाशित मिति: : 2022-08-26 14:35:00

प्रतिकृया दिनुहोस्