बेलायतमा खोटाङ भलिबल क्लव युके स्थापना गरिएको छ।
बेलायतमा बस्दैआएका खोटाङ्गे भलिबल खेलाडी युवाको अगुवाई तथा नेतृत्वमा सञ्जिव राईको संयोकत्वमा खोटाङ भलिबल क्लव युकेको स्थापना गरिएको हो। क्लवको प्रवन्धकमा बीरेन्द्र राई, कोषाध्यक्षमा शिबध्वज राई र टिम क्याप्टेनमा सचिन राई चयन भएका छन्।
२१ सदस्यीय संस्थापक संरक्षक रहेको र खोटाङ भलिबल क्लव युकेको २३ सदस्यीय संस्थापक सदस्य रहेका छन्।
बोलयतमा रहेका खोटाङ्गेलाई एकीकृत गर्दै भलिबल खेलको प्रवर्धनका लागि भलिबल क्लव स्थापना गरिएको संयोजक राईले जानकारी दिए। ‘भलिबल खेलको प्रवद्र्धन गर्दै सम्पूर्ण भलिबल खेलप्रेमी खोटाङ्गे दाजुभाई तथा दिदि बहिनीलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ क्लव स्थापना गरिएको हो,’ राईले भने, ‘क्लवका माध्यमबाट खोटाङ र बेलायतलाई जोड्दै सामाजिक क्षेत्रमा योगदान पुर्याउने र समग्र खोटाङको नाम चम्किलो बनाउने उद्धेश्य राखेका छौँ।’
क्लवले खोटाङ सेवा समाज युकेलगायतका संघसंस्थाहरुसँग आवश्यक सहकार्य गर्दै अगाडि बढ्ने संकल्प गरेको छ।
भलिबल खेल नेपालमा रोचक र महत्वपूर्ण खेलको रुपमा परिचित छ। शारीरिक र मानसिक स्फूर्तिका लागि समेत भलिबल खेल महत्वपूर्ण मानिन्छ। बेलायतको अस्तव्यस्त जीवनशैली अपनाइरहेका नेपालीलाई एकीकृत गर्दै दुःखसुख बाँड्ने अवसर प्रदान गर्ने र आफ्नो भाषा, कला, संस्कार, संस्कृति, खेलकुद आदिको प्रवर्धनमा भूमीका खेल्ने संयोजक राईले बताए।