छड्के २ को फस्टलुक

File Photo
File Photo

अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिनय रहेको फिल्म ‘छड्के २’ को फस्टलुक सार्वजनिक गरेका छन्। फस्टलुकमा अनमोलले हातमा रगतसहितको हतियार बोकेका छन्। उनी आक्रामक लुक्समा छन्। लामो कपालमा रहेका अनमोलको शरीरका विभिन्न स्थानमा ट्याटु पनि देख्न सकिन्छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्म अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको पनि अभिनय छ। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भइरहेको फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन्।

फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन्। फिल्मको हाल चितवन र मुस्ताङमा छायांकन भइरहेको छ।

प्रकाशित मिति: : 2022-08-27 11:47:00

प्रतिकृया दिनुहोस्