हरितालिका तीजको अवसरमा नायिका रेखा थापा 'रमाइलो महोत्सव' आउने भएकी छन्।
कानेपोखरी ६ रमाइलो बस स्टेन्ड पूर्वको खाली जग्गामा आजबाट सुरु भएको 'रमाइलो महोत्सव' मा उनी आउन लागेकी हुन्।
महिलाहरुको उत्सव एवं श्रद्धाको पर्वमा हौसला बढाउन उनी महोत्सवमा जान लागेको महोत्सव व्यवस्थापन संयोजक नवीन पौडेलले बताए। उक्त दिनमा उपस्थित हुनेहरुका लागि टिकट समेत फ्री हुने आयोजकले बताएको छ।