कप्तान करिम बेन्जेमाको दुई गोलप्रेरित रियल मड्रिडले स्पेनिस ला लिगामा तेस्रो खेलसम्म जित यात्रा कायम राखेको छ।
आइतबार राति भएको खेलमा साविकको विजेता रियलले स्पानियोललाई ३-१ ले हरायो।
शीर्ष स्थानको रियलको तीन खेलमा ९ अंक छ। समान खेलमा दोस्रो स्थानको रियाल बेटिसको पनि समान ९ अंक छ। तेस्रो स्थानको बार्सिलोना र चौथो स्थानको भियारियालको समान सात अंक छ।
१२औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोलमा रियालले अग्रता लिएको थियो। ४३औं मिनेटमा जोसेलुले स्पानियोललाई खेलमा फर्काएका थिए। खेल सकिन दुई मिनेट बाँकी रहँदा बेन्जेमाले रियललाई पुनः अग्रता दिलाएका थिए।
इन्जुरी समयको १०औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलको जित यात्रालाई निरन्तरता दिएका थिए। रियलले आगामी शनिबार रियल बेटिसको सामना गर्नेछ।
त्यस्तै बार्सिलोनाले रियाल भालाडोलिडलाई ४-० ले हरायो। घरेलु मैदानमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरे भने पेड्री र रोबर्टोले समान एक गोल गरेका थिए।