केभीकेएसएस बास्केटबल भोलिदेखि

File photo
File photo

काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुलको आयोजनामा चौथो केभीकेएसएस अन्तरविद्यालय बाँस्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।

प्रतियोगितामा जम्मा ३६ टिमको सहभागिता रहने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन्। सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।

ब्वाइज टिमलाई आठ तथा गल्र्सलाई चार समूहमा विभाजन गरिने छ। ब्वाइजतर्फ प्रत्येक समूहको शीर्ष दुई टोली प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन्। गल्र्सको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्नेछन्। २२ भदौसम्म चल्ने प्रतियोगिताका खेलहरू धापासीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइनेछ।

 

प्रकाशित मिति: : 2022-08-29 15:46:00

प्रतिकृया दिनुहोस्