महाअभियोग समितिको बैठक २५ भदौमा बस्ने

File Photo
File Photo

महाअभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आइतबारपाँचवटा प्रश्न सोधेको थियो। आजको बैठक एक घन्टा बसेको थियो। एक घन्टामा पाँच प्रश्न सोधिएको थियो।

निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए।

आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन कोइरालाबारे प्रश्न सोधेका थिए।

प्रकाशित मिति: : 2022-09-04 13:03:00

प्रतिकृया दिनुहोस्