रञ्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ

File Photo
File Photo

महाभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश  चोलेन्द्र शमशेर जबराले आइतबार पनि महाअभियोग सिफारिस समितिसमक्ष बयान दिएका छन्।

प्रतिनिधिसभाले गठन गरेको समितिले आइतबार जबरासँग पाँचवटा प्रश्न सोधेको थियो। ४३ वटा प्रश्न तयार गरेको समितिले यसअघिका दुई बैठकमा ६ वटा प्रश्न सोधेको थियो।

आइतबार समितिले श्रीमतीको हत्यापछि प्रमाण नष्ट गर्न जलाएको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालालाई सजाय कम गर्नेगरी गरेको फैसलाबारे प्रश्न गरेको थियो। जवाफमा जबराले उक्त फैसलाप्रति माफी माग्दै आफूले प्रायश्चित गरेको बताए।

रञ्जन कोइरालालाई कम सजाय गरियो भन्ने आरोपलाई अस्वीकार गर्दै उनले भने, ‘यो आरोप शतप्रतिशत गलत छ। कर्तव्य ज्यान गरेको भन्ने नै सदर गरेको हो। जन्मकैद मुलुकी व्यवस्थाअनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो। पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरुलाई ख्याल गरेर २० बर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको हो।’

यस फैसलाप्रति जनतासँग माफी चाहने र आफूलाई प्रायश्चित लागेको जबराको बयान छ। ‘कोइरालालाई कम सजाय तोकिँँदा विवेक प्रयोग गर्दा गल्ती भएको यसलाई महाभियोग लगाइएको हो भने जनतासमक्ष क्षमा चाहन्छु र यसप्रति मलाई प्रायश्चित भएको छ,’ बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै जबराले भने। 

प्रकाशित मिति: : 2022-09-04 13:42:00

प्रतिकृया दिनुहोस्