गायक हेमन्त शर्माले शुक्रबार भैरहवामा आफ्नाे प्रस्तुति दिने भएका छन्। भैरहवाकै स्थानीय कलाकारसमेत रहेका शर्माले लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको आयोजनामा हुने लायन्स कर्पोरेट नाइटमा सांगीतिक प्रस्तुति दिने भएका हुन्।
विभिन्न कर्पोरेट हाउसका प्रतिनिधिहरूको निश्चित सहभागिता रहने कार्यक्रममा भैरहवाकै स्थानीय राष्ट्रिय तथा ख्यातिप्राप्त आधुनिक गायक शर्मासहित स्थानीय महिलाहरूको सांगीतिक ब्याण्ड र नृत्यको प्रस्तुति रहने क्लबका अध्यक्ष गौतम गुप्ताले बताए।
सिद्धार्थनगर नगरपालिका-१२ डाँडागाउँस्थित युनिक बैंक्वेटमा बेलुका साढे ५ बजेबाट सुरु हुने कार्यक्रम पूर्णरूपमा सांगीतिक हुने कार्यक्रमका संयोजक अनिलकुमार गुप्ताले बताए । च्यारीटेबल कार्यक्रमका रूपमा कर्पोरेट नाइट आयोजना हुन गइरहेको उनकाे भनाइ छ। कार्यक्रममा सहभागिताका लागि १५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
कार्यक्रममा सहभागीले रात्री खाना (डिनर), स्न्याक्स (खाजा) तथा सीमित पेय पदार्थ पाउने छन्। कार्यक्रममा ३५० देखि ४०० जनाको सहभागी हुने लक्ष्य राखिएको छ।