चुनाव लक्षित संरचना निर्माण गर्दै अखिल क्रान्तिकारी

माओवादी (केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना 'क्रान्तिकारी फोर्स' गठन गर्ने भएको छ।

भदौ २२ गते बिहान १० बजे राष्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको अखिल(क्रान्तिकारी) का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए।

मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशव्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल(क्रान्तिकारी)ले विशेष संरचना निर्माण गर्न लागेको हो।

'क्रान्तिकारी फोर्स' अखिल(क्रान्तिकारी) केन्द्रिय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए।

कार्यक्रममा अध्यक्ष पञ्चा सिंहसहित केन्द्रिय पदाधिकारीहरु, प्रदेश पदाधिकारीहरुसहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमूलक सहभागीता रहने उपाध्यक्ष शाहीले जनाकारी दिए।

प्रकाशित मिति: : 2022-09-06 12:36:00

प्रतिकृया दिनुहोस्