अवैध लागुऔषध सहित १५ जना पक्राउ 

काठमाडाैंका विभिन्न ठाउँबाट अवैध लागुऔषध खैरो हिरोइनसहित १५ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा ललितपुर च्यासलका ३२ वर्षका कुमार तामाङ, २९ वर्षका अनिस महर्जन, सप्तरी स्थायी घर भएका २७ वर्षका धरमदेव राम रहेका छन्। उनीहरू एप्पुल कारोबार कसुरमा पक्राउ परेका हुन्।

त्यस्तै खैरो हिरोइनको अवैध व्यापारबाट भैँसेपाटी ललितपुर बस्ने ३३ वर्षका प्रताप कार्की, पाँचथर स्थायी घरका २४ वर्षीय भुवन विक, पाँचथरकै २५ वर्षका देङ्ग हाङ्ग नेम्वाङ, काठमाडौंका २५ वर्षीय उत्सव घिमिरे, भोजपुरका ४१ वर्षीय दाची शेर्पा, भोजपुर स्थायी घरका फुर्लामी शेर्पा, ३० वर्षकी झापाली अप्सरा राजवंशी  र झापाकै ४४ वर्षीय नौसाद आलम पक्राउ परेका छन्। 

लागुऔषध गाँजाको ओसारपसारमा काभ्रेका २८ वर्षीय मनोज राई, काठमाडौँ नक्सालका ३० वर्षीय अंकित कुमार श्रेष्ठ ,खुसिबुका ३० वर्षीय राहुल क्षेत्री पक्राउ परेका छन्। उनीहरूलाई अमेरिकाबाट २ केजी गाँजा गोस्वारा हुलाक कार्यलयमा पार्सल भएर आएको थियो।

पक्राउ परेका उनीहरूबाट खैरो हिरोइन २८७.५ ग्राम, २५२ थान एप्पुल र २ केजी गाँजा, दस लाख ६२ हजार  १०० नगद, विभिन्न कम्पनीका मोबाइल १७ थान, घडी ७ थान गितार ४ थान बरामद गरिएको छ। 

बरामद भएको लागुऔषधहरुको मूल्य बजारमा कुल रु २९९९४०० रहेको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-06 16:43:00

प्रतिकृया दिनुहोस्