एकीकरण र ध्रुविकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल हुन्छः डा.भट्टराई

File photo
File photo

नेपाल समाजवादी पार्टी कर्णाली प्रदेश भेलामा सहभागी भएका पार्टी अध्यक्ष डा.भट्टराईले नेकपा माओवादी केन्द्रसँग एकीकरण र ध्रुविकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल गर्न लागिरहेको बताएका छन्।

पार्टीको कर्णाली प्रदेश भेलामा सहभागी भएका पार्टी अध्यक्ष डा.भट्टराईले मंगलबार साँझ पत्रकारसँग कुरा गर्दै उक्त कुरा बताएका हुन्।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेपछि निर्वाचन आयोगमा दल दर्ता गराएका थिए। पार्टीका अध्यक्ष डा.भट्टराई दल दर्तासँगै पार्टीलाई चुनावमा सक्रिय बनाउनका लागि देशभर दौड्धुपमा क्रममा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका हुन्।

डा. भट्टराईले पार्टीले दुई वटा टिम बनाएर प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा देशभर अभियानमा दौडिएको बताए। ‘मसँगै सहअध्यक्ष गोविन्द चौधरीलगायतका नेताहरू सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेश तिर हिँडेका छौं। अन्य साथीहरू पूर्व तिरका हिँडेका छन्। हामी चुनावी दौडान मै कर्णाली पुगेका हौं,’ उनले भने।

यसै क्रममा कर्णाली पुगेका डा.भट्टराईले नेपालको राजनीतिमा आफूले बनाएको निर्वाचन प्रणालीमा विभिन्न कारणले अस्थिरता र तरलता भए पनि आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारी रहेको बताए। 

केही प्राविधिक कारणले मात्रै नयाँ पार्टी गठन गरेर यो अवस्थामा पुगेको उनले बताए। ‘हामीले लक्ष्य फेरेका छैनौं, समावेशिता, संघीयता, सुशासन सम्वृद्धिसहतिको समाजवादको लक्ष्य हाम्रो पार्टीको हो। हामीले नयाँ शक्तिदेखि आज नेपाल समाजवादीमा आउँदासम्म पनि लक्ष्य उहीँ नै छ। पार्टीका नाम विभिन्न पक्षसँग धुव्रिकरण गर्ने क्रममा फेरिए पनि लक्ष्य फेरिएका छैनन्,’ उनले भने।

प्रकाशित मिति: : 2022-09-06 21:33:00

प्रतिकृया दिनुहोस्