सन्दिप लामिछानेलाई समात्ने तयारी

उमेश थापा

काठमाडौं

नेपाली क्रिकेटर सन्दिप लामिछानेविरुद्ध एक नाबालिकाले बलात्कारको आरोप लगाएकी छन्। 

सोही कारण उनलाई केन्याबाट नेपाल आउने बित्तिकै प्रहरीले तुरून्तै हिरासतमा लिने जनाएको छ।

लामिछानेले नाबालिकालाई लगेर बलात्कार गरेको होस्टल र कोठा नम्बर समेत प्रहरीले पत्ता लगाइसकेको छ। 

प्रहरी प्रवक्ता दिनेश मैनालीका अनुसार नाबालिकाको परिक्षण गर्दा बलात्कार भएको पनि पुष्टि भइसकेको छ। 

सन्दिप लामिछानेलाई हटाउँदै क्यान

सन्दिप लामिछानेलाई क्यानबाट हटाइने भएको छ। 

नाबालिकालाई बलात्कार गरेको कुरा पुष्टि भए लगत्तै सन्दिपलाई क्यानबाट हटाउने क्यानका महाप्रबन्धक वितान्त खनालले बताए। 

 
 

प्रकाशित मिति: : 2022-09-07 12:22:00

प्रतिकृया दिनुहोस्