गठबन्धनको बैठक आज पनि बस्दै

सत्तरुढ गठबन्धनलकाे निर्वाचनका लागि सिट बाँडफाँटका बैठक आज पनि बस्दै छ। 

गठबन्धनमा आवद्ध कार्यदलसहित शीर्ष नेताहरूको बैठक मंगलबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने तय भएको छ। 

सोमबार बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसकेपछि बैठक आज पनि बस्न लागिएको हो। 

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटसहित तालमेल गर्ने तयारी रहेपनि सिट बाँडफाँटका लागि बसेका बैठक निष्कर्षविहीन बनेको थियो।

प्रकाशित मिति: : 2022-09-13 11:35:00

प्रतिकृया दिनुहोस्