छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले पहिलोपटक हार व्यहोरेको छ।
बंगलादेशसँग भारत ३–० ले पराजित भएको हो। बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरेकी थिइन्। श्रीमोती सरकारले पनि एक गोल प्रहार गरेकी थिइन्।
साविक विजेताविरुद्ध १२औं मिनेटमा बंगालदेशकी सोप्नाले, सरकारले २२औं मिनेटमा र ५३औं मिनेटमा सोप्नाले दोस्रो गोल गरेकी थिइन्। जवाफमा भारतले कुनै पनि गोल फर्काउन सकेन।
समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अंक जोडेको छ।
भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ। सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ।