‘छक्का पञ्जा– ४’ फाल्गुन १९ मा रिलिज हुने

नेपाली फिल्म ‘छक्कापञ्जा ४’ आगामी फागुन १९ गते रिलिज हुने भएको छ।

हेमराज बिसीको निर्दोशनमा रहेको चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायतका कलाकारहरुको अभिनय रहनेछ। 

नायक दिपकराज गिरीले आफ्नो फेसबुकमार्फत चलचित्र प्रदर्शन हुने मिति लेख्दै जानकारी दिएका हुन्।

यस अघिका छक्का पञ्जाको तिनवटा श्रृङ्खला भने  दिपाश्री निरौलाले निर्देशन गरेकी थिइन्।

प्रकाशित मिति: : 2022-09-16 12:32:00

प्रतिकृया दिनुहोस्