ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छ: राष्ट्रपति बाइडेन

Politico

अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले अतिक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन्।

चिनियाँ फौजले ताइवानमाथि हमला गरेको पृष्ठभूमिमा राष्ट्रपति वाइडेनको सो भनाई आएको हो।

अमेरिकी सेनाले चीनले दाबी गरेको स्वशासित टापुको रक्षा गर्छ कि गर्दैन भनेर सोधिएको एक प्रश्नमा उनले अमेरिकी सेनाले ठापुको रक्षा गर्ने बताएका छन्।

केही महिनाअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नेन्सी पेलोसीले  ताइवान भ्रमण गरेपछि अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएको छ।

चीनको चेतावनीबीच पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन्। उनको भ्रमणपछि चीनले ताइवानको रक्षा क्षेत्रमा हवाइ गस्ती बढाएको थियो।

प्रकाशित मिति: : 2022-09-19 07:48:00

प्रतिकृया दिनुहोस्