मेस्सीको निर्णायक गोलमा पिएसजीको जित

स्टार खेलाडी लियोनेल मेस्सीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई १-० ले पराजित गरेको छ।

आइतबार राति लियोनको मैदानमा पाँचौ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता बनाएको थियो। अर्का स्टार खेलाडी नेयमारले बक्स भित्रबाट दिएको पासलाई मेस्सीले उत्कृष्ट गोल गरेका थिए।

८ खेलबाट २२ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ। पराजित लियोन १३ अंक जोडेर छैटौं स्थानमा छ।

प्रकाशित मिति: : 2022-09-19 08:09:00

प्रतिकृया दिनुहोस्