फ्लोरिडा हाइवेमा ट्रक दुर्घटना, सडकभरी वियर छर्पस्ट

Tampa Bay Times
Tampa Bay Times

अमेरिकाको फ्लोरिडामा वियर बोकेको ट्रक दुर्घटना हुँदा सडकभरी वियरको क्यान छर्पस्ट भएकाे छ। 

अमेरिकाको फ्लोरिडा राज्य हाइवेमा दुईटा ठोकिएको ट्रक  सडक छेउमा राखिएको थियो र दुईटा रेस्कु ट्रक रोकिएको थियो। 

बुधबार अर्को वियर बोकेको ठूलो ट्रक तिव्र गतिको रोकेको ट्रकमा ठोकिन पुग्यो। उक्त ट्रक पल्टँदा हजारौँ वियरकाे क्यान पोखिएर राजमार्ग नै अवरुद्ध भएको थियो।

प्रहरीका अनुसार बुधबार बिहान वियर बोकेको ट्रकले रोकिएको ट्रकलाई पछाडिबाट हान्दा दुर्घटना भएकाे हाे।

उक्त घटनामा काेही सामान्य घाइते भएका छन् भने केही घण्टापश्चात् राजमार्ग खुलेको थियो।
 

प्रकाशित मिति: : 2022-09-22 14:10:00

प्रतिकृया दिनुहोस्