ब्रह्मास्त्रबाट रणवीरले लिएनन् पारिश्रमिक

File Photo
File Photo

अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको दुई हप्ता पछि पनि चर्चामै छ। फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।

यहीकारण बक्सअफिसमा पनि यसले विश्वव्यापी रुपमा ३ सय ५० करोड कलेक्सन गरिसकेको छ।

फिल्मको बजेटका विषयमा पनि उत्तिकै चर्चा छ। हालैमात्र फिल्मका निर्देशक अयान मुखर्जीले फिल्मको बजेट र रणवीरको पारिश्रमिकको बारेमा खुलेर कुरा गरेका छन्। अयानका अनुसार रणवीरले फिल्मका लािग कुनै पारिश्रमिक लिएका छैनन्।

‘यो फिल्म हाम्रो त्याग र बलिदानका कारण बनेको हो। त्यसकारण यो सत्य हो कि रणवीरको मूल्य एक स्टार र एक अभिनेताका रुपमा फिल्ममा छैन।

उनले फिल्म निर्माणका लागि केही पनि लिएनन्। मलाई लाग्छ, उसको त्याग बिना यो फिल्म बन्न सम्भव थिएन। मलाई थाहा छैन अन्य कलाकारले यसो गर्छन् या गर्दैनन्’,उनले भनेका छन्।

फिल्मले १४ औं दिनमा ३ दशमलब १० करोड कलेक्सन गरेको छ। यो सँगै भारतमा यसले २ सय ३० दशमलब ४० करोडको कलेक्स्न गरिसकेको छ। शुक्रबार परेको नेसनल सिनेमा डेका कारण फिल्मको कलेक्सनमा अझ बढावा हुने निर्माण पक्षको दाबी छ।

प्रकाशित मिति: : 2022-09-23 10:01:00

प्रतिकृया दिनुहोस्