प्रहरीले नै सूचना चुहाएपछि सन्दीप लामिछाने सम्पर्कविहीन

हिमाल खबर

काठमाडाैं

अनुसन्धानका क्रममा लुकाउनु पर्ने सूचना प्रहरीले चुहाएपछि बलात्कार जस्तो जघन्य अपराधको आरोप लागेका सन्दीप लामिछाने सम्पर्कविहीन बनेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले भदौ २३ गते साँझपख आफ्नो फेसबुक पेजमा एउटा छोटो जानकारी ‘अपडेट’ गरायो। नाबालिका बलात्कार आरोप लागेका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको सम्बन्धी यो सूचना प्रहरीको फेसबुक पेजमा लामो समय भने टिकेन। त्यहीँ राति ९ बजेतिर प्रहरीले हटायो, तर कारण भने खुलाएन।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले यो सूचना हटाउनुको कारणबारे केही बताउन चाहेनन्। घटना अनुसन्धानकै क्रममा रहेको भन्दै उनी प्रतिक्रिया दिनबाट पन्छिए।
 

प्रकाशित मिति: : 2022-09-23 15:41:00

प्रतिकृया दिनुहोस्